|

तपाईको परिचय ? म छिरिङ् तेन्जिङ् शेर्पा (गोपर्मा)।
स्थाई ठेगाना सोलुखुम्बु कुरिमा । हाल काठमाणडु। हाल के गर्दै
?
केहि समय अघि म जापनमा एक प्राइभेट कम्पनिमा कार्यरत थिएं। साथै त्यहां
हुंदा म जापानस्थित् नेपाली आदीबाशि समाज जापानको कोषध्यक्ष र शेर्पा सङ्घ्
जापानको सांस्थापक महासचिव थिए। औपचारिक शिक्षा ?
२०४६ सालमा खोटाङ्ग् जिल्लाको "त्रिभुवन मा. बि. ऐसेलुखर्क बजार "बाट एस. एल.
सि. र २०५५ सालमा "पिपल्स् क्यम्पस" काठमाणडौ बाट बि. कम., हाल "पाटन संयुक्त
क्यम्पस" मा मानव शास्त्र र बौद्ध दर्शन सम्बन्धि अध्यान गर्दै। (बिदेशि
भाषामा-"निली इन्स्चिच्युड भोटाहिटि" बाट २०५५ सालमा ६ लेबल सम्मा जापानी
भाषा, "अमेरिकन लेङ्गेज सेन्टर ए. एल. सि." कमलपोखरीबाट २०५४ सालमा अङ्रेजिमा
डिप्लोमा र सोहि सालमै "लाजिमपाट फेन्च सेन्टर" बाट इन्टरमेडिएट लेबल।
कम्प्युटर सम्बन्धि ? २०४७ सालमा "उपत्याका टाईपिङ्
इन्स्चिच्युड ठमेल लेखनाथ मार्ग" बाट अङ्ग्रेजि र नेपाली लीपी को ६ महिने तालिम
प्रप्ता र २०४९ सालमा "जि म्यन कम्प्युटर् इन्स्चिच्युड् बागबजार "बाट ५ प्यकेज
पुरा, लाजिम्पाट कम्प्युटर सेन्टरबाट २०५५ सालमा विन्डोमा डिप्लोमा र हाल "एरेना
मल्टिमेडिया" कान्तिपथमा मल्टिमेडियर फ्लासिङ्, एनिमेशनको अद्ध्यन
जारी। बौध लीपी पनि ? हो मैले बल्य कालमा घर परिवारमा
बुवाबाट सम्भोटा लीपीमा अधारभुत शिक्षा हांसिल गरेको हो। साथै बुद्ध सम्बन्धि
भावाना (क्यप्डो सेम्क्यद ) महत्वपुर्ण पुस्तक छ्योच्य भित्रको महत्वपुर्ण
अद्ध्यहरु पुर्ण पाठ, स्याठो कोन्छ्योक च्यद्दु, वद्पाक्मे,दोर्सिम,च्याउ थुज्य
छ्यन्पो सम्बन्धि औपचारिक शिक्षा हांसिल। जन्म? बि सं २०२९
सल बैशाख ११ गते सोमबार (अप्रिल २४,१९७२) यो साईट किन बनाएको हो
? आफ्ना भावनाहरु साट्न र बिशेषत: हाम्रो हिमाली समाजमा
पत्रकारितामा अत्तिनै पिछाडिएकोले र हामी र हाम्रो समाजको ताजा खबरहरु अन्य
मेडियाहरुबाट प्रकाशन नहुनु,प्रसारण नहुने दुखदकारणको महशुश् गरेको हुंदा आफ्नो
प्रिष्ठाभुमिमा पत्रकारिता नभए पनि आफ्नै प्रयस र अनुभवबाट यो कार्यको थालनी गरेको
हुन। शेर्पा समाजमा भएको नगन्य पत्रकारहरु बाहुनवादको सिद्धन्तबादि भएको महशुश भएको
र आफ्नो स्वार्थ र आफुलाई चिनाउने प्रयस मात्र गरेकोले समाज भित्रको ताजा खबरहरु
जनसमक्ष नपुग्ने हुनाले मेरो भित्रि ईच्छा शक्ति देखि नै हिमाली समाज भित्रको ताजा
खबरहरु र धर्म सांस्क्र्ति चाढ पर्वहरुलाई आम हिमालीबासी सामु पुगुन् भन्ने मुल
उद्देश्यको साथ मैले यो साईट सन्चालन गरेको हौ।
साईटको कुनै भाषाहरु अशुद्ध छ्न नि? हो। म यो स्विकार
गर्छु। कारण कम्प्युटरमा सेट्टिङ् भएको फोर्मेटहरुको कारणले यसो हुन गएको हो। कुनै
अशुद्ध पनि होला हामी बहु भाषा प्रयोग कर्ताहरुम अलि अलि यसो हुन स्वाभाविक
हो। तर यदि तपाईको कम्प्युटरमा 'मोजिल्ल फएर फक्स्' इन्स्टल छ भने अझ असुद्ध
देखिन्छ। बिशेषत: प्रिती र कान्तिपुर फन्टका फाईलहरुलाई रुपानतर गर्दा पनि
यसो हुन आउछ। युनि कोडका प्रया नेपाली साईटहरुमा प्रया यस्तो
देखिन्छ।
शेर्पा वर्ल्ड डट् कम् नै राखनाको
कारण? बिशेषत: मैले शेर्पा डट् कम् राखने प्रवल बिचार रहेको थियो
तर दुर्भग्यवाश यो नाम कुनै एक अमेरिकि गर्मेन्ट कम्पनिले लिई सकेको रहेछ, पछि धेरै
बिचार गरे र बिस्वमा धेरै देशहरुमा शेर्पाहरु रेहेको हुनाले सबैलाई समेट्ने नाम
"शेर्पा वर्ल्ड डट् कम्" नाम दर्ता लियो। यसैलाई म सौभाग्य पनि ठान्दछु। जुन नाम
शेर्पाहरु लागायत सबैले सजिलो संग सम्झिन सकुन। त्यसै गरि "शेर्पा डट् कम् डट् एन
पि" पनि दर्ता गर्न सफल भएको छ। यो नामले पनि ब्यक्तिगत तथा ब्यापार ब्यवसायि हरुले
दर्ता नगरोस् र रास्ट्रको नाम भएको यो डोम्यान नाम समाजको लागी नै उपायोगी सिद्द
होस भन्ने मेरो उद्देश्य। शेर्पा वर्ल्ड शेर्पाहरुको लागी मात्र हो त
? हो सुरुमा शेर्पा समाजको लागी मात्र बनाएको हो तर पछि गएर धेरै जनाले
धेरै स्थानबाट हेर्ने हुनाले यो समाचार लाईनको रुप लिएको हो। शुरुमा यसमा शेर्पा
हरु ईतिहांस सांस्क्रिति र धार्मिक कुरहरु मात्र थिए। अब चांडै हिमालबासीहरुलाई
समेत समेट्ने गरि " www.himalayangroup.org
"बनाउने बिचार गरेको छु।
साईट कहिले बाट शुरु ? सर्व प्रथम नेपाली भाषाको पहिलो साईट
नेपाल जापान पछि दोस्रोमा कान्तिपुर फन्टमा मैले अदिबासी नेपाल भन्ने साईट बनएको
हो। पछि उमेश श्रेष्ठको प्रथम युनिकोड ब्लक पछिको साईटहरु मध्य यो साईट
चौथोमा पर्दछ। २०६२ मङ्सिर देखि हाल सम्म निरन्तर ।
साईटको लागी
कसैको सहायोग ? शुरुमा डोम्यान दर्ता गर्दा र पेजको ल्य आउट बनाउद
शेर्पा संघबाट २५ हजार रुपैया सहायोग भएको छ। पछिल्लो पटक संघ बाट नै 'सेलरोन्
प्रोसेसर' को एक थान 'फुजित्च्यु ल्यप्टप' सहायोग भएको छ। शेर्पा संघ जापानलाई
धन्यबाद दिनै पर्छ। अन्य सामाग्रिहरु जस्तै डिजिटल क्यमरा, प्रिन्टर,
स्क्यानर,डेस्क टप कम्प्युटर र पुब्लिशिङ् सम्बन्धि हार्ड वयर सफ्ट्वेरहरु सबै
ब्यक्तिगत लगानि नै हुन। इन्टर्नेट लाईन सम्बन्धि
? हो जापानम रहुन्जेल मैले साईटको लागी ब्यक्तिगत् प्रत्यक महिना
लगातर २ बर्ष सम्म ९ देखि १४ हजार Yen सम्म बिल तिर्थे। किन भने मेरो साईटमा
भिडियो लोड गर्द 'ब्यन्ड्विथ' बढि मात्रमा खपत हुन्थे। हाल काठमानडौमा सि. डि. यम.
ए. को वयरलेस डाटा कार्डबाट चलाई रहेको छु। जुन सुबिधाको लागी नेपाल अधिराज्यभर
जहां जुन सुकै ठाउबाट पनि चलाउन सकिन्छ। तर आर्थिक द्रिष्टिले यो अलि महंगो पनि छ।
साधारणतय ५०० रुपैयाको उईम कार्डले लगभग ४ दिन सम्म मात्र नेट चालाउन सकिन्छ। यो सब
सबै मेरो ब्यक्तिगत लगानि बाट नै हो।
सहायोगको अपेक्षा गर्नु भएको छ? अवस्य, साईटलाई निरन्तर
दिनको लागी हाम्रो समाजको देश बिदेशमा रहनु भएको ब्यक्ति ब्यक्तित्वहरुबाट आउने
दिनहरुमा साईट चलाउन सहायोग को अपेक्ष गरेका छौ। साईटको नविकरन, बिच बिचमा ल्य-आउट
च्यन्ज ईत्यादी सबै एकै जनाले अलि असम्भाव नै रहेछ। नि-स्वार्थ भावनाले समाजमा
चेतना फैलाउने र बुद्ध धर्म र दर्शनलाई आम जनता समक्षा सरल भाषामा पु-याउने
मेरो गहन पर्ति बद्धता रहेको यो साईटलाई यहां हरुको सहायोगको पुर्ण आशा गर्दछ।
दाताहरुको बिबरण सर्वजनिक रुपमा प्रकाशन समेत गरिने छ। कुन पार्टी मन
पर्छ ? अरु सामान्य नेपालीहरु जस्तै म पनि नेताहरुको भ्रष्टचार १०
बर्षे जनयुद्दबाट आजित मान्छे हुं। भाषिक,धार्मिक, जातिय अधिकार सम्पन्न स्वयत्त्
प्रदेश सहितको लोकतन्त्रिक गणतन्त्रतमक समाबेशी, राष्ट्रपतिय प्रणालीको शासन
ब्यवस्थ मन् पर्छ।
यो साईटको गोपनियताको नीति के
? असामान्य परिस्थिति जस्ति (धम्कि, अस्लिल शब्द) आदीमा बाहेक
प्रयोगकर्ताको नाम,ईमेल ठेगाना र आई. पी. लाई सम्भाव भए सम्म गोप्य राखिने छ। कसैको
इमेल र आई. पी. लाई गलत प्रयोग गरिने छैन, तर असामान्य परिस्थितिमा त्यस्तो
प्रयोगकर्ताको ठेगानाहरु सार्वजनिक गर्ने देखि लिएर कानुनि कार्वाहिको लागि समेत
उपलब्ध गराईन सक्ने छ। हाल सम्म हङ्कङ् बाट र बेलायत र अमेरिकाबाट केहि यस्त
अपशब्दहरु फरक इ-मेल प्रयोग गरि आई रहेका छन। जुन अझ सम्म गोप्य नै राखेको
छु। भबिस्यमा यो साईटको उद्देश्य। यो साईटको प्रमुख
उद्देश्य नै भविश्यमा महत्वपुर्ण सामाग्रिहरु समावेश गर्दै, रेडियो तथा भिडियो
प्रोग्राम हरु राख्ने।सम्भव भए सम्म हिमाली भाषा अङ्ग्रेजि दुवै भाषा मा प्रकासन
गर्ने फोटो ग्रफार र रिपोर्टरहरुको ब्यवस्था गरि ब्यवस्थित रुपमा निरन्तर सन्चालन
गर्ने उद्देश्य छ। पत्रचारको लागी ? पोस्ट बक्स नं
१२२७४,
sherpaw@gmail.com
काठमान्डौ नेपाल, (ईति सम्बात २०६४ साल चैत्र २८ गते रोज ५ सुभम।
(ऐतिहांसिक सम्बिधान सभाका चुनावकै दिन )
|