| शेर्पा
संचारका गतिविधीहरु |
|
| सूचना
तथा कार्यक्रम |
| |
|
शेर्पा सन्चार समुहको बैठक सम्पन्न काठमाण्डौ ३ मे 2008
काठमाण्डौ ३ मे का दिन शेर्पा सन्चार समुहको बैठक हालै सम्पन्न् भएको छ। नेपाल शेर्पा सङ्घको कुमारिगल स्थित् कार्यलयमा एक औपचारिक कार्यक्रमको बिच सम्पन्न सो कार्यक्रममा शेर्पा सन्चारलाई भौतिक रुपमा सहायोग गर्ने टावा पाङिमा शेर्पालाई संचारको सदस्यहरु सबैले हार्दिक धन्याबाद ज्ञापन गर्दै खादा लगाई सम्मान गरेको थियो भने प्रमुख अतिथिको रुपमा आसिन सोलुखुम्बु बेनि गा बि स स्थाई निवास र हाल कपन निवासी श्री पाङिमा शेर्पाले आफुहरु बिदेशमा हुंदा केहि दिनको पारिश्रामिकलाई आफ्नो देशमा आफ्नो समाज र जातित्वको उत्त्थानमा लागेको जगरुक र समाजमै महत्वपुर्ण सन्चार संजालको रुपमा बिकाश भएको शेर्पा सन्चार समुहालाई केहि भौतिक सामाग्रिहरु खरिको लागी केहि रकम सहायोग गर्न पाउंदा आफुलाई औधि खुसि लागेको ब्यक्त गर्नु भयो। सम्मानित् श्री शेर्पाले अौदो आउदो दिनहरुमा सहायोग गर्ने बचन दिनु भयो भने सो कार्यक्रम भन्द अघाडि बसेको सांस्थाको बैठकमा प्रमुख तिन एजेन्डा माथि बिस्त्रित् छ्लफल र निर्णय भयो। ति एजेन्डाहरुमा सांस्थालाई बैधानिक रुपमा दर्ता गर्नको लागी बिधान मस्यौद समिति गठन, सांचार समुहाको सदस्यहरुको एडभान्स तालिम गर्ने बारे र कार्यक्रमलाई हाल नमो बुद्ध एफ एम मर्फत प्रसारण भै रहेको कर्यक्रमलाई इन्टर्नेट मार्फत् बिश्वब्यापि रुपमा प्रत्यक्षा प्रसारण गरिने बारे महत्वपुर्ण निर्णय हरु भएको थियो। |
| |
![]() |
| |
शेर्पा संचार समुहको शेर्पा भाषा कार्यक्रम रेकोर्डिङ गर्ने कोठा शेर्पा भाषाको कार्यक्रम " शेर्वी नाङ्ताम" को रेकोर्डिङ हुँदै |
| |
|
Heartfelt Condolence We convey our Deepest Sorrow on the loss of the father of our dear friend, member and web hoister of (www.sherpaworld.com) Thering Tenjing Sherpa.
We Express our heartfelt sympathies are extended to the bereaved family
Sherpa Communication group
Family
|
| |
|
The New Sherpa Song Album Was published The Sherpa New song album was published on the occassion of sherpa's great festival or new year [Sa Pho Chiwa lo 2135 ] Loshar . The song is fully sherpa language and singers are Chhongba Sherpa, Lhakpa Tenji Lama, Dawa Tenji Lama, Ang Doma Sherpa, Kanchhi Sherpa and Dawa Lhanmu Sherpa .
Please for Detail Listen the song..................... |
| |
शेर्पा सङ्घ् जापानद्वारा शेर्पा सन्चार् समुहलाई आर्थिक् र प्राबिधिक् सहायोग
छिरिङ् तेन्जिङ् शेर्पा, टोयोटा जापान
शेर्पा सङ्घ् जापानको तेस्रो बर्षको अन्तिम तथा नियमित् बैठक हालै अैइचि केन् टोयोटा सहर स्थित शोउखा खाङ् हल् मा एक औपचारिक समारोहको साथ सम्पन्न भएको छ । सङ्घको अधक्ष श्री लामा पासाङ्ग् शेर्पाको अधक्षतमा सम्पनन्न उक्त सभाको प्रमुख अतिथि सोलुखुम्बु सल्लेरि निवासी तथा जापान स्थिति 'चुकुबा सेमी टेक्नोलोजि (TST)' का प्लानिङ्ग् डिपार्ट का प्रबन्धक् श्री पासाङ् शेर्पाको प्रमुख् अतिथ्य रहेको थियो। सास्थाको महा सचिव छिरिङ्ग् तेन्जिङ् शेर्पाले सन्चालन गर्नु भएको सो बैठकमा प्रमुख् पांच एजेन्ड माथि छलफल् भएको थियो। जस अन्तर्गत् सांस्थाको सदस्यत नविकरण् तथा आर्थिक सम्बन्धि, नेपालको शेर्पा सन्चार् समुहलाई आर्थिक् र प्राबिधिक् सहायोग, शेर्पा सङ्घ् जापानद्वारा सन्चालित् होम् पेज् को ब्यवस्थापन, सङ्घ् को अर्को महिना हुन गै रहेको तेस्रो साधरण सभाको बारेमा र बिस्व आदिबाशि दिवसको अवसरमा 'नेपाली आदिबाशि जनजाती समाज जापानको आयोजनामा टोयोटा सहरको एकाकु स्थित् कम्युनिटी हलमा आउदो अगस्त् १३ तारिकका दिन सम्पन्न हुन गै रहेको आदिबाशि दिवसमा शेर्पा सङ्घ् जापानको तर्फ बाट पनि साबिक बर्ष हरु झै यस् बर्ष पनि आफ्नो जातिय पहिचनको प्रद्रसन् गर्दै उल्लेखनिय उपास्थिति हुनु पर्ने कुरामा बिशेस् छल्फल् तथा बहस् भएको थियो। यसै अवसरमा हाल नेपालबाट प्रसारण हुदै आएको रेडियो यच बि सि ९४। मेघ हज् मा प्रत्यक् हप्ता नेपालको स्थानिय समय अनुसार बिहान 6.30 बजे देखि ७.00बजे सम्म प्रत्येक मङ्गलबार् र बुधबार बिहान प्रसारण हुने शेर्पा भाषाको कार्यक्रम् 'शेर्वि नासा क्यि लेरिम्' अर्थात् शेर्पा चौतारोको कार्यक्रम्' नामक् रेडियो कार्यक्रमलाई अझ् ब्यवस्थित् र सुचारु दीई आधुनिक् बिस्वको बिकास र निर्माणमा आम सन्चार माध्यमको क्रियशिल् ब्यापक र सक्तिशाली सन्जालको महत्वलाई बुझेर नेपालको बिकट हिमाली र पहाडि जिल्लाहरुको साथै अन्तराष्ट्रिय क्षेत्रमा छरिएर रहेको शेर्पा हरुको घर्दैलो सम्मा शेर्पाहरुको आफ्नै भाषा धर्म सांस्क्रिति एवं समाजिक रितिरिवजहरु बारे बिबिध् सामाग्रि तथा समाचारहरु त्यस् रेडियो मार्फत पुगोस् भन्ने उद्देस्यले शेर्पा सङ्घ् जापानको तर्फ बाट रेडियो पत्रकारिता आधारभुत् तालीम् तथा उच्च तालीमको लागी लाग्ने सम्पुर्ण खर्च रकम ५० हजार ने रु तत्कालै सम्बन्धित् सांस्था शेर्पा सन्चार समुहलाई पठाउने निर्णय भयो।
यसै अवसरमा उक्त सांस्थालाई हाल अति आवस्यक् रहेको केहि उपकरणहरु खरिद् गर्न जस्तै माईक्रो फोन्, हेड् फोन्, एम्प्लिफएर् र ईडीटिङ्ग् मोनिटार को लागि लाग्ने कुल् खर्च ६३ हजर् दुई सय रुपैया यसै शेर्पा सङ्घ् जापानको सक्रिय साधारण सद्स्य सोलुखुम्बु सालुङ्ग् स्थाई बसोबास् रहेको तथा हाल काठ्माण्डौ कपन निवाशि श्री टावा पा ङिमा शेर्पा' गोपरमा' ज्यु बाट ब्यक्तिगत रुपमा सहायोग गर्नु भएको छ। उक्त अवसरमा सहभागि सबैले जोड्दार तालीको साथ धन्याबाद् दिदै सभाको प्रमुख् अतिथि श्री पासाङ्ग् शेर्पाद्वारा खाता लगाई हार्दिक् धन्याबाद् ज्ञापान गर्नु भएको थियो। यसै गरि शेर्पा सङ्घ् जापानद्वारा सन्चालित् होम् पेज् शेर्पा वर्ल्ड डट् कम् लाई अझ ब्यवस्थित् तरिकाले सुचारुरुपमा सन्चालन गर्न सन्चालक छिरिङ् तेन्जिङ् शेर्पा (गोपरमा) 'कुरिमा'को अध्यक्षतामा पांच सदस्यिय सन्चालक समिति समेत गठन भएको छ। जस अनुसार् सदस्यहरु क्रमश: श्री जिग्मे शेर्पा टापटिङ्ग् सोलु', श्री छेवाङ्ग् शेर्पा (भकन्जे),श्री साङ्गे शेर्पा लामा' हेलम्बु र श्री मिङ्ग्मा शेर्पा 'मकालु' रहेका छन। बिगतमा भएको बिभिध कार्यक्रमहरुको समिक्ष समेत् छोट्करिमा गर्दै आउने दिनहरुमा बिगतमा भएको कमि कम्जोरिहरुलाई सच्याउदै हरेक कार्यक्रमहरु अझ स सक्त रुपमा गर्दै लाने छल्फल् सहितको सो कार्यक्रम् सौहद्रतापुर्ण वातवरणमा सम्पन्न भएको छ। |
| |
|
युरोप शेर्पा समाजद्वारा
शेर्पा सन्चार समुहालाई सहायोग
काठमान्डौ, २२ डिसेम्बर, युरो शेर्पा समाज बेलजियमद्वारा शेर्पा सन्चार
समुहालाई सहायोग रकम हस्तन्तरण् गरेको छ। शेर्पा सन्चार समुहाद्वारा आयोजित् उक्त
कार्यक्रम् सास्थाकै सास्थापक सदस्य श्री छिरिङ्ग् तेन्जिङ् शेर्पा (कुरिमा) को
सभापतित्वमा भएको थियो। सभामा दर्जनौ सांस्थाको पर्तिनिधिहरुको उल्लेखनिय उपास्थिति
रहेको थियो भने प्रमुख अतिथि ज्याल्स गोम्पाको प्रमुख लामा श्री लामा बाबु शेर्पाको
उपास्थिति रहेको थियो भने बिशेस् अतिथिमा उग्यानछ्योलिङ्ग् गोम्पा च्याङमितेङ् का
प्रमुख लामा खेन्पो ङावाङ्ग् रब्ग्या हुनु हुन्थ्यो।
यसै गरि अतिथिहरुमा क्रमश: डा ङिमा
ग्याल्जेन् शेर्पा, लोकतन्त्रिक शेर्पा सङ्घ्
अध्यक्ष श्री आङ् काजि शेर्पा (किसान), नेपाल शेर्पा सङ्घका अध्यक्ष श्री क्रिपा सुर्
शेर्पा,खेन्पो ङावाङ्ग् ओसेर् लामा, शेर्पा सेवा केन्द्रको द्वितिय उपाध्यक्ष श्री जे
पि लामा, बेल्जियम शेर्पा किदुगका सदस्य श्री
दावा फिन्जो शेर्पा, शेर्पा बिधार्थि मंन्चका
अध्यक्ष श्री आङ्ग् छिरिङ् शेर्पा, भु पु
मनानिय श्री आङ् ङावाङ्ग् शेर्पा, शेर्पा
सङ्घ् नेपालका महासचिव ङिमा तुन्डु शेर्पा,
शेर्पा सङ्घ् नेपालकै कोशाध्यक्ष श्रीमति आङ् दावा शेर्पा र नेपाल शेर्पा
महिला सङ्घका अध्यक्ष श्रीमति ङिमि लामा (शेर्पा) ले
अतिथ्याको आसन ग्रहण गर्नु भएको थियो। कार्यक्रमको स्वागत् मन्तब्य सांस्थाकै सदस्य
श्री आङ् छिरिङ् शेर्पाले दिनु भएको थियो भने अतिथिको आसन बाट खेन्पो ङावाङ् वोसेर्
लामाले सन्चार जगतको चुनौति र कठिनाईहरुमाथि प्रकाश् पार्नु हुन्दै बिगत् को
दिनहरुमा रेडियो नेपालमा आफुले वाचन् गरेको शेर्पा समाचार तथा स्रोताहरुको अनुभव
सम्बन्धि चर्च गर्नु भएको थियो। बिशेष अतिथिको आसनबाट बोल्नुहुन्दै खेन्पो ङावाङ्ग्
रब्ग्याज्युले गुरु पद्म सम्भवा सम्बन्धि जानकारि गराउदै सन्चार जगतको महत्व तथा
शेर्पा भाषाको महत्व माथि प्रकाश् पार्नु भएको थियो। यसै गरि प्रमुख अतिथिको आसनबाट
ज्याल्स गोम्पा प्रमुख लामा ज्यु बाट महत्वपुर्ण बक्तब्य दिनु हुन्दै शेर्पा भाषामा
बोल्चालमा कठिनाई भएमा नेपाली शब्दको प्रयोग गर्नु भन्दा तिब्बति शब्द प्रयोग गरेमा
भाषा स्पस्ट र शुद्द हुने क्रुरामा जोड दिनु भयो। बक्तब्यकै क्रम्मा क्रमश: श्री आङ् काजी शेर्पा, श्री क्रिपा सुर् शेर्पा, श्री दावा फिन्जो शेर्पा, श्री पेम्बा गेलु शेर्पा र श्रीमति ङिमि शेर्पाले
आ-आफ्नो धारणाहरु प्रस्तुत् गरेका थिए। बिशेष अतिथि खेन्पो ङावाङ्ग् रब्ग्या ज्यु बाट
सांस्थालाई सहायोग गर्नु हुने दाताहरुलाई प्रमाण पत्र बितरण गर्नु हुन्दै
बेल्जियमबाट प्रप्ता सहयोग रकम दुई लाख रुपैयाको चेक सन्चार समुहलाई हस्तन्तरनगर्नु
भयो। कार्यक्रमको अन्तिम चरणमा सभाको बिसर्जन गर्नु हुन्दै सभाको सभापति छिरिङ्
तेन्जिङ् शेर्पाले शेर्पा समाजमा समाचार माध्यमक्को अभाव तथा कठिनाई हरुको सामना
गर्न तथा देश बिदेशमा छरिएर रहेको शेर्पा दाजुभाई दिदिबहिनिहरुलाई इन्टर्नेट्को
माध्यमाबाट सहजै शेर्पा गति बिधिहरु तथा समाचार हरु सहजै पुगोस् भन्ने उद्देस्यले
जापान शेर्पा सङ्घको सहायोगमा निर्मित् होम् पेज् शेर्पा वर्ल्ड् डट कम माथि थप
चर्च गर्नु हुन्दै बेल्जियमबाशी शेर्पा हरुलाई धन्याबाद दिन्दै भाबि दिनहरुमा पनि
निरन्तर सहायोगको आपेक्षा गर्नु हुन्दै हार्दिक धन्याबाद दिनु भएको थियो। सयौ
ब्यक्तिहरुको उल्लेखनिय उपास्थिति सहित शेर्पा सङ्घ् नेपालको केन्द्रिया कार्यलयमा
सम्पन्न उक्त कार्यक्रमको उद्घोषकद्वाय शेर्वि नासा कार्यक्रम प्रस्तोता श्री
ल्हकपा तेन्जिङ् लामा (शेर्पा) तथा सु-श्री
सोनाम डोका शेर्पाले सफलतापुर्वक कार्यक्रम सन्चालन गर्नुभएको थियो। स्मरणिय रहोस निकट भबिश्यमानै आफ्नै छुट्टै
फ्रिक्वयन्सी सहित छुट्टै रेडियो स्टेसन स्थापना गरिने लक्ष लिएको यस सांस्थालाई
नेपालको बिबिध् ब्यक्ति तथा सांस्थाहरुको सहायोग सहित् जापान बाट ब्यक्तिगत् रुपमा
चिवाङ्ग् गोम्पाको भु पु भिक्षु टावा पाङिमा शेर्पा(गोपर्मा) ले
माईक , एङ्करिङ् मेसिन किन्न रु बैसठ्ठि हजार
रुपैया तथा शेर्पा सङ्घ् जापानले गत बर्ष नै आधारभुत उद्घोषण तालिमको लागि रु पचास्
हजार् रुपैया तथा जापानमा कार्यरत् सोलुखुम्बु कुरिमा निवासि हाल मिया केन् जापानमा
बस्ने श्री कार्मा ग्याल्जेन शेर्पा (गोपर्मा) ले
कम्प्युटर खरिद गर्न रु पचास हजार सहायोग गरेको छ।
|
| |
|
|