|
|

das gaja दश गजा चलचित्रमा
|
|
1 2 |
कुनै बेला धेरै फिल्म हेर्ने बानी परि सकेको म फिल्म हलमा नपुगेको पनि धेरै बर्ष पुगेछ। बह्रा तेह्रा बर्ष अघि चिनो भन्ने चर्चित नेपाली फ्लिम र डोल्पा साल्दाङको ठिन्ले लामाको मुख्य भुमिका रहेको बिदेशि चलचित्र 'क्याराभान' जय नेपाल हलमा नौ दश बर्श अघि हेरे यता म फ्लिम हल छिरेको आज पहिलो दिन हो। प्रया: जसो दिनको दुई तिन पटक जसो नै गोपिक्रिष्ण हल हुँदै म त्यो बाटो धेरै ओहोर दोहोर गर्थे शायद त्येसैले होला आज मलाई फ्लिम हलमा प्रबेश गर्न नै मुश्किल पर्यो। साँस्थाको महत्वपुर्ण कामलाई पनि थाँति राखेर एक जना सभासदज्युको आग्रहमा समाचारको ईस्स्यु बन्न सक्छ भन्ने पटक पटकको फोन कलले गर्दा म फिल्म शुरु भै सकेको केहि समय पछि त्यहाँ पुगे। फलानो सभासदज्युले बोलाएको हो भने पछि मलाई सरसर माथि उक्लन आदेश दिए
स्वयंसेवकहरुले भन्दै पनि थिए फोटो भिडियो खिच्न चाँहि पुर्ण मनाहि छ है। हवस! भने। तर मलाई जसरि भए पनि खिचननै थियो। त्यसैले म भर्याङ उक्लाँदै गर्दा मन मनै सोँचे र सिटमा बस्न भन्दा सबै भन्दा पछाडी भित्तमा उभिन पाए अवस्य पनि केहि खिच्न सकिन्छ, त्यसैले म सरसर दुई हजारवाला टिकट भएको स्थानमा पुगे र पहिले सोँचे अनुसार सर सर पछडी गए, एकै छिन म एकोहोर फिलिम हेर्दै गए, भारातिय सिमा सुरक्ष बलले नेपालीहरु माथी गरेको अनेक थरिको अन्याहरु। यसै क्रममा नेपालको ग्रिह मन्त्रिको चर्तिकला को भुमिका हुँदै गर्दा मैले बिस्तारै बडो सर्तकताको साथ स्वयाँसेवकहरुक् आँखा छ्लदै भिडियो खिच्न थालेँ। तर कसैले चालै पाएन। भिडियो हेरेर मेरो मन धेरै रोयो। साँचचिकै भारतियहरुले द्श गजा, सुस्ता, कालापानी,ईलाममा गरेको अन्याहरुको श्रब्य द्रिस्यहरु,अनि भारतमा नेपाली दाजु भाईहरु प्रति भारतियहरुले गरेको ब्यबहार, त्यसैगरि सिमा क्षेत्रमा हुने बिभिन्न घटनाहरु। अनि नेपालको भारतमुखि, दिल्लि धाउने मन्त्रि हरुको आनिब्यहोर। यी सबै द्रिश्यहरुले मलाई वस्तवमा निकै दुखि:त तुल्याएको थिए। हामी नेपाली हिमाल, पहाड तराई जो भए पनि शायद हामिमा राष्ट्रप्रेमले होला, नेपाल आमाको माया र शयद साँचचिकै नेपाली भएर होला।
मध्यानतर भयो, केहि बिज्ञापन हरु आयो, तर त्यो दालमुठ बिस्कुटको नभै अलि छुट्टै किसिमको रहेछ। इन्टर भल भै बत्ति बल्द यसो हेरेँ प्रया सबै पुर्बेलि जस्तो मात्र देखेँ अलि बिस्तार अघडिको खाली सिटमा बसेर जनिकैको मानिसलाई यसो हेरेँ , राईभाई जस्तो लाग्यो र बिस्तारै केहि कुरा सोध्ने मनसयले सिटको अज्ञा मागदै उनि सँगै बसे। वहाँ भोजपुरको हुनु हुँदो रहेछ म सोलुको। दुवै जनाको परिचय पछि त्यो बिज्ञापनको बारेमा सोधपुछ गरे, त्यो त भोजपुर खोटाङको सिमानामा पर्ने टेम्के डाँडामा निर्मान हुन लागेको किराँत टावरको बिज्ञापन पो रहेछ। २१ तलाको हुने लक्ष सहितको त्यो सुबिधा सम्पन्न अन्तराष्ट्रिय मापदण्डको टावर ईन्जिनियर तेम्बा शेर्पाले हेर्नु हुँदै रहेछ। मलाई गर्व लाग्यो हो दाई ईन्जिनियर हाम्रै सोलुको हो। यसै क्रममा फिल्म शुरु भयो र म पुन: अज्ञा मागदै पछाडै नै गए कारण अझै खिचन थियो। नेपाली फिलिम धेरै पछि हेरेको कारण मैले प्रया: जसो पात्रहरु बिर्सि सकेछु, नयाँको त झन कुरै भएन, त्यहाँ मैले नायक राजेश हमाल र अभिनेत्रि सुभद्र अधिकारी बाहेक अरु चिन्न सकिना। अउनुहोस तिनै "दस् गजा सुस्ता"को डरलाग्दो केहि द्रिस्यहरु हेर्न यहाँ क्लिक गर्नु होस। छिरिङ तेन्जिङ शेर्पा |