बेल्जियमको सुन्दर शहर ल्युवेनमा 'सम्पूर्ण शेर्पाहरुको चाहना , एककृत सम्वृद्ध समाजको परिकल्पना' भन्ने नाराका साथ आयोजना गरिएको शेर्पाहरुको युरोप स्तरीय भेलाले बेलायतका आङ् कल्जङ् शेर्पाको अध्यक्षतामा शेर्पा संघ युरोपको गठन गरेको छ । संघको उपाध्यक्षमा आङ् फुला लामा शेर्पा (बेल्जियम), द्वितीय उपाध्यक्ष आङ् छिरिंग शेर्पा (जर्मन) तथा महासचिवहेम शेर्पा ( स्पेन ) रहनु भएको छ । त्यस्तै, सचिव पेम्छिरी शेर्पा (पोर्चुगल ) कोषाध्यक्ष : श्रीमती टाशी शेर्पा ( जर्मन ) तथा सदस्यहरुमा पासाङ् तेम्बा शेर्पा ( बेल्जियम ), मिङ् मार शेर्पा (नर्वे ), साना शेर्पा ( यु.के.), क्याप्टेन आङ् फुला शेर्पा (यु.के.), पेम्बा छिरी शेर्पा (पोर्चुगल ), नीमा
सोनाम शेर्पा ( बेल्जियम ), दावा छिरिंङ् शेर्पा (बेल्जियम ), तेन्जिंग शेर्पा ( स्वीटजर्ल्याण्ड ) र रिन्छेन जाङ्बु शेर्पा (स्पेन ) हुनुहुन्छ ।
उक्त प्रथम चरणको बन्द सत्रको कार्यक्रमको संचालन पेम्बा दोर्जी शेर्पाले गर्नु भएको थियो , सो कार्यक्रमको समापन लगतै दोस्रोचरणको कार्यक्रम सुरु भएको थियो । उक्त अवसरमा स्पेन , पोर्चुगल ,नर्वे , स्वीटजर्ल्याण्ड , संयुक्त अधिराज्य ( यु.के.) , जर्मनी , र बेल्जियमका शेर्पा समुदाय र तिनका प्रतिनिधि , बेल्जियम स्थित बिभिन्न नेपालि संघ-संस्था हरुका प्रतिनिधि , र नेपाल बाट आउनुभएका विशिष्ट अतिथिहरु आङ् छिरिंग लामा शेर्पा ( सल्लाहकार नेपाल शेर्पा संघ , भू.पु.मन्त्री ) नेपाल शेर्पा संघकाअध्यक्ष पेमा छिरी शेर्पा र छिरिंग शेर्पा ( सल्लाहकार नेपाल शेर्पा संघ ) प्रमुख अतिथि मा नेपाली राजदुत महामहिम प्रमेश कुमार हमाल र अन्य अतिथिहरुमा एनआरएन बेल्जियमका अध्यक्ष पीजी शेर्पा , एनआरएन आइसीसी. सदस्य अर्जुन कुमार श्रेष्ठ , एनआरएन युरोप सह-संयोजक रविन्द्रमान श्रेष्ठ र शेर्पा संघ युरोपका नव निर्वाचित अध्यक्ष आङ् कल्जङ् शेर्पा हुनुहुन्थ्यो ।
शेर्पा किदुग बेल्जियमका अध्यक्ष सोनाम लामा शेर्पाको सभापतित्वमा संचालित सो कार्यक्रम आङ् फुला लामा शेर्पाको स्वागत मन्तव्य बाट सुरु भएकोथियो । कार्यक्रमको संचालन लाक्पा दोर्जे शेर्पा ले गर्नुभएको थियो भने नव निर्वाचित सदस्यहरुलाई बधाई का साथै खादा ओढाइएको त्यस कार्यक्रममा विभिन्न वक्ताहरुले शेर्पा संघ युरोपका नव निर्वाचित सदस्यहरुलाई बधाई दिंदै शेर्पा जाति , भाषा ,कला र संस्कृति र यसको विश्वव्यापी महत्वका साथै वर्तमान सन्दर्भमा युरो शेर्पा संघको आवश्यकता र महत्ववारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको समापन अन्तिम चरणमा स्येब्रुक शेर्पा नाच तथा अन्य नाचगानहरु प्रस्तुत गरिएकोथियो । उक्त अवसरमा नेपालबाट आउनुभएका विशिष्ट अतिथि आङ् छिरिंग लामा शेर्पा र पेमा छिरी शेर्पा द्वारा विभिन्न कलाकार हरुलाई प्रमाणपत्र वितरण गर्नु भएकोथियो त्यसै अवसरमा बेल्जियम सरकारको छात्र वृति बाट चीनमा पढ्ने अवसर पाउने नेपाली विद्यार्थी सुश्री आङ् पेमा लामा शेर्पालाई पनि खादा लगाई बधाई तथा प्रसंसित गरिएकोथियो ।
sherpaworld Reporter Belgium
|