Internet News from Himalaya with unlimited entertainment solution.
 
Select Language: Mixed Mode | English Only | Nepali Only
Home Sherpa Dictionary Video Gallery Photo Gallery Audio Gallery Have Your Say Donors About Us
परम पुज्य वरिष्ठ धर्म गुरु श्री क्यब्ज्ये ठुल्शिक रिन्पोछे ज्युको चिरायु रहुनको अभिवादन प्रार्थना                Nepal Buddhist Nyingma Association Notice               स्वर्णपदक बिजेता आङबाबु शेर्पालाई SMS भोट दिनुहोस:               सुचना               नेपाल बौद्ध ङिङमा संघको हार्दिक निमण्त्रणा               अष्ट्रेलियाबासी नेपालीहरुमा जरुरी सुचना!!               नेपाली समाजको ऐतिहासिक दस्ताबेज मंगोल भिजनको बिशेषंका प्रकाशन भयो               जरुरी सुचना!!               शेर्पा वोर्ल्ड डट् कमको जरुरि सुचना               प्रत्येक दिन बिहान ५:४५ देखि ६:१५ सम्मा केबल लाईनमा भुटान टी भी बि बि एस हेर्नु नभुल्नु होला। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको मोन्लाम हरु भिज्युएल सहित प्रसारण हुने हुँदा यहाँहरुले हेर्न नभुल्नु होला। धन्याबाद! शेर्पा वर्ल्ड डट् कम्               


अनमिल मिसन अनुशिक्षण तालिमको अन्तिम प्रवचन ,अवैध हतियारसहित ६ जना पक्राउ

काठमाडौं, संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्तिस्थापनार्थ युनाइटेड नेशन्स मिसन इन लाइवेरियामा फम्र्ड पुलिस युनिटको रुपमा कार्य गर्न छनोट भएका एपीएफ अधिकृत तथा जवानहरुको लागि राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान ककनीमा संचालित सि.सं.१४ अनमिल मिसन अनुशिक्षण तालिम सम्पन्न भएको छ । उक्त तालिमको आज सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णबहादुर बिष्टले अन्तिम प्रवचन गर्नुभयो ।

       सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बिष्टले त्यसअवसरमा संगठनलाई प्राप्त हरेक जिम्मेवारी उत्कृष्ट ढंगबाट पुरागर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरु

सक्षम रहेको चर्चा गर्नुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संगठनको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

       उहाँले व्यावसायीक दायित्व निर्वाह गर्नको लागि ज्ञानकौशलयुक्त एवं दक्ष जनशक्ति सधैं अपरिहार्य रहने बताउनुहुँदै तालिमबाट हासिल गरेको सीपकलालाई व्यवहारमा उपयोग गर्दै सेवा प्रदान गर्न सधैं कटिबद्ध रहनुपर्ने चर्चा गर्नुभयो ।

       कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक रञ्जन कोइरालाले राष्ट्र र संगठनको प्रतिनिधिको रुपमा संयुक्त राष्ट्रसंघीय मिसनमा खटिएर शान्तिस्थापनार्थ कार्यगर्दा सधैं बफादार एवं कर्तव्यनिष्ठ भएर जिम्मेवारी वहन गर्नुपर्ने बताउनुुभयो ।

       तालिमका प्रमुख शिक्षक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक खडानन्द चौधरीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कार्यक्षेत्रमा आउने चुनौतीको सामना गर्दै कार्यगर्न सक्ने क्षमताको विकासमा प्रशिक्षण कार्यलाई केन्द्रित गरिएकोले प्रशिक्षार्थीहरु समस्या समाधानमा कुशल ठहरिने विश्वास व्यक्त गर्नुभयो ।

       गत जेठ २३ गतेबाट संचालन भएको उक्त तालिममा सशस्त्र प्रहरी उपरीक्षकद्वय बसन्तकुमार बानियाँ र चन्द्रप्रकाश गौतमसहित कूल दुईसय ४० जना एपएिफ अधिकृत तथा जवानहरु सहभागि थिए ।

एपीएफ टोलीद्वारा अवैध हतियारसहित ६ जना पक्राउ ः–

सिरहा, सिरहा जिल्लाको चन्द्रलालपुर ६ स्थित मैनबत्तीखोला भन्ने स्थानबाट गएराति एपीएफ टोलीले अवैध हतियारसहित ६ जनालाई पक्राउ गरेको छ ।

        पक्राउ पर्नेहरुमा मकाउ ७ बस्ने शिवशंकर दास, इमरान खान, माइकल शर्मा, राजु शर्मा, जयप्रकाश सिहं र भारतको मधुवनी जिल्ला घर बताउने सत्यनारायण दास रहेका छन् ।

       उनीहरुलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस गोलबजारबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले हिजोराति करीव पौने ११ वजे दुईथान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई उक्त हतियारसहितै आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय प्रहरीलाई बुझाएको छ ।

एपीएफ टोलीद्वारा वेवारिसे अवस्थामा दुईवटा मोटरसाइकल बरामद ः–

बाँके, सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट जमुनाहबाट गस्तीमा खटिएको एपीएफ टोलीले हिजो वेवारिसे अवस्थामा दुईवटा मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकल करीव ५० हजार रुपैयाँ बराबरको रहेको छ ।

       बाँके जिल्लाको नेपालगंजस्थित कारकाँदो चोकमा वेवारिसे अवस्थामा फेलापरेको भे.२ प ८९०८ र भे.१ प ५५३३ नम्बरको उक्त मोटरसाइकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि जमुनाह भन्सार कार्यालयमा बुझाएको छ ।

       यसैगरी चोरीपैठारीको करीव २६ हजार रुपैयाँ बराबरको लत्ताकपडा, टर्च लाइट, सलाई, बिस्कुटलगायतको सामान सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा वेस वीरगंजबाट खटिएको एपीएफ टोलीले हिजो वीरगंजबाट बरामद गरी आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको  छ ।

                                                                     (अजय छतकुली)

                                                                  सशस्त्र प्रहरी नायव उपरीक्षक

 

     Related
 
 
1 तपाईको जन्म मिति र तपाई कुन ल्हो र कुन खाम हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
2 नेपाली हाँस्य टेलि चलचित्र "वार कि पार"
3 हिमाली गितहरु
4 Dendi Sherpa's Sherpa songs 'visual'
5 Tibetan Losar Song video
6 शेर्पाहरुको उत्पत्ती र नामकरण
7 छ्योमिन् बाले पछि गर्नु पर्ने मोन्लम्
8 song of Roshan Gurung
9 शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
10 शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा
11 शेर्पाको धर्मिक चाड पर्वहरु
12 शेर्पाको न्वारन संस्कार
13 बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता
14 बुद्ध धर्ममा कर्मकाण्ड वाङ
15 ऐतिहासिक तोलाकागुम्बा ओझेलमा
 
 
Home | Photo Gallery | Video Gallery | Sherpa Dictionary | Have Your Say | About Us
This site has been visited 5652515 times.
© Sherpaworld.com 2008. Em@il: sherpaworldnews@gmail.com