
by HAMWWA
|
|
|
यो के गरेको द्रिस्य होला ? यहाँ एक जना मानिसलाई स्टेचरमा राखेर केहि मानीसहरुले ठाउ ठाउमा बाधिएको छ भने कोहि उभेर हेरि रहेको हुन्छ। झट्ट् हेर्दा यो गम्भिर द्रिश्यको बास्तविक के होला .....?
केहि दिन अघि "उच्च हिमाली क्षेत्र कामदार सहायोग संघ" नामक एक गैर सरकारी साँस्थाले नेपाल रेड क्रस भक्तपूर जिल्लाको सहायोगमा नगरकोट स्थित होटल कन्ट्रि भिल्लामा चार दिने तालीम दिएको थियो। जहाँ ३५ जना दुई पटक भन्दा बढि बिस्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सकेको तथा हिमाल आरोहणमा हुने बिभिन्न दुर्घटनाहरुमा उद्दरकर्ताको रुपमा काम गर्ने सहासी शेर्पा पर्वतारोहि हरु थिए। हिमाल आरोहणको क्रममा होस वा पदयात्राको लागी होस जुन सुकै क्षेत्रमा जहाँ जस्को लागी पनि उपायोगि सिद्द् हुनेहुने त आफ्नो ठाँउमा छँदैछ, भने अर्को तर्फ बर्तमान देशको राजनैतिक परिस्स्थितिले कुनै पनि बेला देशमा निम्त्याउन सक्ने बिभिन्न दुर्घटनाहरु देखि लिएर भुकम्पको द्रिष्टिले अति नै जोखिम रहेको देशमा कुनै पनि बेला मानबिय आधारमा स्वायंसेवकको भुमिका निर्वाह गर्न सकोस भन्ने महान उद्देश्यले "उच्च हिमाली क्षेत्र कामदार सहायोग संघ", "High Altitude workers welfare Association" (www.hamwwa.org.np) नामक गैर सरकारीसाँस्थाले भबिश्यमा समेत क्रमिक रुपमा एडभान्स तालिम सम्मा दिने उद्देश्यले उक्त तालिम दिएको थियो। छिरिङ तेन्जिङ शेर्पा
First Aid from Nagarko by (HAMWWA)
First Aid By Nepal Red Cross
First Aid by Nepal Red cross Nepal
|