Internet News from Himalaya with unlimited entertainment solution.
 
Select Language: Mixed Mode | English Only | Nepali Only
Home Sherpa Dictionary Video Gallery Photo Gallery Audio Gallery Have Your Say Donors About Us
“राज्य पुनःसंरचना आयोग गठनको औचित्य” बिषयक अन्तरक्रियामा आदिवासी जनजाति युवा महासंघ(YUFINको हार्दिक निमन्त्रणा                आदिवासी जनजातिको अधिकारमुखी एक महिने आन्दोलन कार्यक्रम तालिक                श्रावण ३० गते राजधानी नकबन्दी                हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको नयाँ शेर्पा गिती संग्रह प्रकाशन गर्ने सम्बन्धी जरुरी सुचना               एन. आर. एन. जर्मनीको हार्दिक निमन्त्रणा                Khyentse Yangsi Rinpoche Long Life Empowerment.....more....               Kapilvastu Day Movement                शेर्पा वोर्ल्ड डट् कमको जरुरि सुचना               प्रत्येक दिन बिहान ५:४५ देखि ६:१५ सम्मा केबल लाईनमा भुटान टी भी बि बि एस हेर्नु नभुल्नु होला। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको मोन्लाम हरु भिज्युएल सहित प्रसारण हुने हुँदा यहाँहरुले हेर्न नभुल्नु होला। धन्याबाद! शेर्पा वर्ल्ड डट् कम्               Call for Articles NRN               


नेपालको राष्ट्रिय झण्डा विवाद: बिगतदेखी बर्तमानसम्म नालिबेली

नेपालको राष्ट्रिय झण्डाले अहिलेको स्वरुपमा मान्यता पाएको झण्डै साढे चारदशकमात्रै भयो । राजा महेन्द्रका पालामा जारी २०१९ सालको संविधानबाट अहिलेको स्वरुपको राष्ट्रिय झण्डाले मान्यता पाएको थियो ।
त्यसअगाडि भने नेपालको राष्ट्रिय झण्डा पूरै परिवर्तन नभएपनि सामान्य परिमार्जन भने गरिदै आएको छ । त्यसैले नेपालको राष्ट्रिय झण्डा फेर्ने वा परिमार्जन गर्ने यो पहिलो प्रयास भने होइन । २०१२ सालमा नेपालले संयुक्त राष्ट्र संघको सदस्यताका लागि आवेदन दिदा झण्डा परिवर्तन गर्ने विषयमा छलफल भएको थियो । तर तत्कालिन राजा महेन्द्रले यसलाई रोकेको ध्वजविद् डाक्टर दयाराम श्रेष्ठको भनाई छ ।
२०१९ सालभन्दा अगाडि पनि चन्द्रसूर्य अंकित झण्डा नै प्रचलनमा थियो । तर त्यो झण्डा अहिलेको भन्दा फरक थियो । त्यतिबेलाको झण्डामा सूर्य

र चन्द्रमाको मानवआकृति रहेको थियो । त्यसलाई २०१९ सालमा परिवर्तन गरी चन्द्रमामा पनि आठवटा भूजा राखिएको थियो । २०१९ सालमा तत्कालिन शिक्षा मन्त्री श्रृषिकेश साहको अध्यक्षतामा गठन भएको समितिले नेपालको झण्डालाई अहिलेको स्वरुप प्रदान गरेको ध्वजविज्ञ डाक्टर श्रेष्ठले जानकारी दिनु भयो ।
बेलाबेलामा सामान्य हेरफेर गरिएपनि चन्द्रसूर्य अंकित नेपालको अहिलेको आकारको झण्डा प्रचलनमा आएको भने शदियौं भइसकेको छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने क्रममा गोरखाबाट गद्दी, राजदण्ड र अहिलेको आकारको झण्डा काठमाण्डौं ल्याएका थिए । उनले जुन जुन राज्य एकीकरण गर्दै जान्थे ति ति ठाउमा झण्डा गाड्दै जान्थे । ध्वजविद् डा. श्रेष्ठ पनि पृथ्वीनारायण शाहका पालादेखि नै राष्ट्रिय झण्डाका रुपमा अहिलको आकारको झण्डा प्रचलनमा रहेको बताउनुहुन्छ ।
१९ औं शताब्दीभन्दा अगाडि एउटामात्र त्रिकोण रहेको झण्डा प्रयोगमा आएपनि त्यसपछि भने दुईवटा त्रिकोण भएको झण्डा प्रयोगमा आएको हो । एउटामात्र त्रिकोण भएको झण्डा हिन्दुहरुका मन्दिरमा शदियौं पहिलेदेखि राखिदै आएको थियो । त्यसैले यो झण्डालाई बैदीक कालदेखि नै प्रचलनमा आएको झण्डा मानिन्छ । सिन्धु सभ्यताको विकाशबाट सुरु भएको तीनकुने आकारको झण्डाको प्रचलन ऋग्वेदीक काल हुदै लिच्छवीकालसम्म पनि उस्तै रह्यो । र युगौं युग हुदै अहिलेसम्म सामान्य हेरफेर बाहेक मूलरुपमा जस्ताको तस्तै छ ।
नेपालको धैरै मन्दीरहरुमा अहिले पनि नेपालको झण्डाको आकारमा पित्तलका झण्डाहरु देख्न सकिन्छ । इशापूर्वक ५ सय २१ मा लिच्छवी राजा मानदेवले चलाएको मुद्रा मानांकमा पनि त्रिकोणात्मक झण्डाको प्रयोग गरिएको थियो । नेपालको राष्ट्रिय झण्डा चिन्ह र रंगका हिसाबले मात्र हैन आकारका हिसाबले पनि अरु देशको भन्दा फरक छ । किनभने नेपाल बाहेक विश्वका सबै देशका झण्डा चारकुने आकारका रहेका छन् ।
तर चारकुने आकारमा नबनाईएका कारण यो झण्डाले विश्वमा अलग पहिचान बनाएको छ । त्यतिमात्र हैन विश्वमा झण्डा प्रयोगको इतिहास इशापूर्व ११२२ मा चीनबाट सुरु भएको इतिहास रहेपनि नेपालमा भने यस्तो आकारको झण्डा प्रयोगमा आएको शदियौं भइसकेको छ ।
नेपालको झण्डामा रहेको निलो रंग शान्तिको रंग हो जुन नेपालमा बुद्धको पालादेखि नै प्रयोग हुदै आएको मान्यता रहेको छ । झण्डामा प्रयोग भएको रातो रंग नेपालको राष्ट्रिय फूल लालिगुराँसको रंगसंग मिल्छ भने रातो रंगले बहादुरी र विजयको समेत संकेत गर्छ । झण्डामा रहेको दुईवटा त्रिभुजको अर्थ पनि हिमालयन देशको प्रतिनिधित्वका रुपमा लगाइने गरेको छ ।
त्यसैले सम्पूर्ण नेपालको प्रतिनिधित्व नभएको तर्क गरिन थालेको छ । त्यतिमात्र हैन दुईवटा त्रिभुजले हिन्दु र बुद्ध धर्मको प्रतिनिधित्व गर्ने गरी झण्डाको परिभाषा गरिदै आएको छ । त्यसैले धर्म निरपेक्ष राष्ट्र घोषणा भइसकेको नेपालमा दुईवटा धर्मको मात्र प्रतिनिधित्व गर्ने झण्डा फेर्नुपर्ने तर्क हुन थालेको छ । रातो त्रिभुज आकारको झण्डा हिन्दु धर्मअनुसार महाभारत र रामायणमा विजयको प्रतिकको रुपमा प्रयोग भएकाले पनि नेपालको राष्ट्रिय झण्डालाई हिन्दुधर्मसंग जोडेर हेर्ने गरिएको छ । अर्कातर्फ हिन्दुहरुकै मन्दिरमा प्रयोग हुदै आएको झण्डाको आकारमा नेपालको राष्ट्रिय झण्डा रहेकाले पनि यसलाई हिन्दु धर्मसंग जोडेर हेर्ने गरिएको छ।
माओवादीले राणाहरु चन्द्रवंशका र शाहहरु सूर्यवंशका भएकाले उनीहरुको प्रतिनिधित्व हुने गरी झण्डा बनाइएको भन्दै ब्याख्या गरेपनि आमरुपमा भने चन्द्रसूर्य रहुन्जेल नेपाल रहिरहने अर्थकासाथ झण्डालाई परिभाषित गरेको पाइन्छ । झण्डामा प्रयोग गरिएको चन्द्र र सूर्यको परिभाषा हिन्दु धर्ममा भने भिन्ना भिन्नै रहेकॊ छ । नेपालको राष्ट्रिय झण्डामा चन्द्रमाका ८ वटा र सूर्यका १२ वटा किरण प्रयोग गर्नुको पनि फरक फरक अर्थ छ ।
सरकारले २०४६ सालको राजनीतिक परिवर्तन पछि २०४९ सालको बैशाखमा तत्कालिन श्री ५ को सरकारले २०४९ सालको बैशाखमा राष्ट्रिय झण्डा प्रयोग गर्ने र बनाउन नीति जारी गरेको थियो । नीति मुख्य रुपमा झण्डाको उपयुक्त किसिमले प्रयोग गर्न र यसलाई दुरुपयोग हुन नदिइ संरक्षणका लागि नीति तय गरेको थियो । नेपालको झण्डाले वैदिक सभ्यता र संस्कृतिको प्रतिनिधित्व गरेको इतिहासविद्धहरुको भनाइ छ । तर नेपालको झण्डाको कसैले पनि पनि डिजाइन नगरेको तर यसले राजतन्त्रको प्रतिनिधित्वमात्र हैन सुन्दर राष्ट्रिय संस्कृतिको झझल्को दिएको इतिहासले प्रमाणित गरेको पनि छ ।
नेपालमा विभिन्न व्यवस्था परिवर्तन भए । बाइसे चौबीसे राज्यको एकीकरणबाट िसंगो नेपाल बन्यो । राजाको शाषन निस्कृय भएर राणाको शाषन पनि चल्यो । राणा शाषन ढलेर प्रजातन्त्र आयो । त्यसपछि पचायत लादियो । फेरि बहुदल हुदै निरंकुश राजतन्त्र नै कायम भयो । अनि लोकतन्त्र हुदै अहिले त गणतन्त्र । व्यवस्था परिवर्तन भएपनि झण्डा परिवर्तन भएन । तर अहिले भने नेपालमा राज्य पुर्नसंरचनासँगै नेपालको राष्ट्रिय झण्डा फेर्ने विषयमा पनि वहस चर्केको छ ।
उता नेपालको राष्ट्रिय झण्डा फेर्ने चर्चासँगै नेपालको राष्ट्रिय जनावर के राख्ने भन्ने विषयमा पनि बहस सुरु भएको छ । संविधान सभाको संवैधानिक समितिमा नेपालको राष्ट्रिय जनवार के राख्ने भन्ने विषयमा वहस सुरु भएको हो ।
दलहरुबीच विवाद भएको छ – राष्ट्रिय जनवार गाई राख्ने की एक िसंगे गैडा राख्ने भन्ने विषयमा । नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय जनावार एक िसंगै गैडा राख्नु पर्ने प्रस्ताव संवैधानिक समितिमा राखेको छ । नेमकिपाको प्रस्तावलाई माओवादी लगायतका मधेशवादीदलहरुले साथ दिएका छन् भने काँग्रेस र एमालेले राष्ट्रिय जनावार गाई नै राख्नु पर्ने अडानमा छन् । नेमकिपाका सभासद् सुनिल प्रजापतिले राष्ट्रिय जनवारमा एक िसंगै गैडा राख्नु पर्ने प्रस्ताव गर्नु भएको थियो । दुर्लभ एक िसंगे गैंडा नेपालमा मात्रै पाइने र यो नासिदै गएकाले यसको संरक्षणका लागि पनि राष्ट्रिय जनावार बनाउनु पर्ने नेमकिपाको तर्क छ ।
२०६२/६३ सालको जनआन्दोलनपछि पुर्नस्थापना भएको संसदको घोषणाले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेको थियो भने अन्तरिम संविधानले पनि नेपालाई धर्म निरपेक्ष राज्यको रुपमै चिनाएको छ । गाईलाई हिन्दुहरुले माता र लक्ष्मीको रुपमा मान्दै पुजा गर्ने गरेको तर अहिले धर्मनिरपेक्ष राज्य भएकाले एउटा धर्म विशेषले मान्ने जनावरलाई राष्ट्रिय जनवार मान्न नहुने तर्क गर्दै नेमकिपाले गैडालाई राष्ट्रिय जनावरको लागि प्रस्ताव गरेको छ । त्यसो त एक िसंगे गैंडालाई राष्ट्रिय जनावर बनाउनु पर्छ भन्ने प्रस्ताव नौलो होइन । झण्डै तीन वर्ष अघि अन्तरिम संविधान जारी गर्ने बेलामा पनि नेमकिपाले राष्ट्रिय जनावरको रुपमा गैडाकै प्रस्ताव गरेको थियो । तर अन्तमा अन्तरिम संधिवानमा राष्ट्रिय जनावर गाई नै राख्न दलहरु सहमत भएका थिए । नेपालको अन्तरिम संविधानले नेपालका राष्ट्रिय चिन्हरु ४ वटा मात्रै रहने व्यवस्था गरेको छ- राष्ट्रिय पंक्षी डाँफे, राष्ट्रिय रंग सिमि्रक, राष्ट्रिय फूल लालिगुराँस र राष्ट्रिय जनावर गाई ।
संवैधानिक समितिको मस्यौदा उपसमितिमा राष्ट्रिय जनावर एक िसंगे गैडा राख्ने विषयमा छलफल सुरु भएपनि केही दलका सभासद्हरुले भने नयाँ संविधानमा राष्ट्रिय चिन्हहरु नै राख्न नहुने प्रस्ताव समेत गरेका छन् ।
-Anand Gurung

     Related
 
 
1 तपाईको जन्म मिति र तपाई कुन ल्हो र कुन खाम हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
2 नेपाली हाँस्य टेलि चलचित्र "वार कि पार"
3 हिमाली गितहरु
4 Dendi Sherpa's Sherpa songs 'visual'
5 Tibetan Losar Song video
6 शेर्पाहरुको उत्पत्ती र नामकरण
7 छ्योमिन् बाले पछि गर्नु पर्ने मोन्लम्
8 song of Roshan Gurung
9 शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
10 शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा
11 शेर्पाको धर्मिक चाड पर्वहरु
12 शेर्पाको न्वारन संस्कार
13 बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता
14 बुद्ध धर्ममा कर्मकाण्ड वाङ
15 ऐतिहासिक तोलाकागुम्बा ओझेलमा
 
 
Home | Photo Gallery | Video Gallery | Sherpa Dictionary | Have Your Say | About Us
This site has been visited 5549095 times.
© Sherpaworld.com 2008. Em@il: sherpaworldnews@gmail.com